थप २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। यस्तै गत २४ घण्टामा थप २४ जनाको मृत्यु भएसँगै कुल मृतकको सङख्या ८ हजार ९१८ पुगेको छ।  

प्रकाशित मिति: : 2021-06-24 18:47:00

प्रतिकृया दिनुहोस्