कोरोना डेल्टा प्लस भेरिअन्ट: के भारतले कोभिडको खतरनाक तेस्रो लहर रोक्न सक्छ?

कोभिड-१९ को दोस्रो लहरले एप्रिल र मे महिनामा ल्याएको प्रकोपपछि भारत बिस्तारै खुला हुन थालेको छ। तर विज्ञहरूले तेस्रो लहर अबको केही महिनामा आउने चेतावनी दिएका छन्।

अदालतहरूले राज्य सरकारहरूलाई तयारीका बारेमा प्रश्न गरेका छन् भने विज्ञहरूले अबको १२ देखि १६ हप्तामा तेस्रो लहर आउना सक्ने बताएका छन्।

अन्य थुप्रैलाई भने डेल्टा प्लस भनिएको नयाँ भेरिअन्टले अहिलेको खोपलाई कमजोर तुल्याउने चिन्ता छ।

डेल्टा प्लस नेपालमा पनि भेटिएको ए वाई १ भेरिअन्ट हो।

भारतमा गत वर्ष पहिलो पटक भेटिएको डेल्टा भेरिअन्ट अहिलेको घातक दोस्रो लहरका लागि जिम्मेवार मानिन्छ।

तर नयाँ लहरको चिन्ता कत्तिको जायज हो? प्रकोपको लहरहरू आउनु स्वाभाविक भए पनि त्यसको खतरा र फैलावट भने धेरै कारणमा आधारित हुन्छ।

कोभिड सुरक्षा निर्देशिका

अहिले भारतमा दैनिक सङ्क्रमण सङ्ख्या ५०,००० को हाराहारीमा छ। गत मेमा यो दैनिक चार लाखको हाराहारीमा पुगेको थियो।

सङ्क्रमण कम हुनुको कारक राज्य सरकारले लगाएको कडा निषेधाज्ञालाई मानिएको छ।

दोस्रो लहरका लागि बजारको भिड, चुनावी प्रदर्शनहरू र धार्मिक आयोजनहरूलाई जिम्मेवार मानिएको थियो।

प्रकाशित मिति: : 2021-06-24 20:53:00

प्रतिकृया दिनुहोस्