‘हामीले ज्यान दियौं, उनीहरूले खोपसम्म दिएनन्’

हिमाल खबर

काठमाडौँ

अलिशा सिजापती  

कोरोनाभाइरसको दोस्रो लहरले नेपालमा ठूलो संकट निम्त्याएका वेला खोपका लागि गरिएको व्यग्र अनुरोधलाई बेवास्ता गरेपछि भारत र बेलायतविरुद्ध नेपाल र नेपालीमाझ आक्रोश बढ्दो छ। यी दुई देशसँग नेपालको सबैभन्दा पुरानो सैन्य सम्बन्ध रहँदै आएको छ। 

विगत दुई शताब्दीमा भएका युद्धमा नेपाली नागरिकले भारत र बेलायतका लागि रगत बगाएको र विशेषतः राणा शासकहरूले ब्रिटिश इन्डियाका विभिन्न संस्था एवं बेलायत स्वयंलाई आर्थिक अनुदान दिएका प्रसंगबारे आलोचक र टिप्पणीकर्ताहरूले कुरा उठाइरहेका छन्।

गत १ असार (१५ जून)मा स्कटल्यान्डका पुरुषको परम्परागत पहिरन ‘किल्ट’ मा सजिएर र परम्परागत बाजा ब्यागपाइप भिरेर पूवगोर्खा सैनिकका योद्धा र तिनका परिवारले लन्डनमा प्रदर्शन गरेका थिए। उनीहरूले ‘वी फाइट फर यू, हेल्प अस फाइट कोभिड–१९ इन् नेपाल’, 'गोर्खा लाइभ्स म्याटर'  लेखिएका ब्यानर बोकेका थिए।
 

प्रकाशित मिति: : 2021-06-24 22:19:00

प्रतिकृया दिनुहोस्