चीनको हात्तीको बथानको लामो यात्रा: विश्वभरका वैज्ञानिकहरू अचम्मित

बिबिसी

काठमाडाैं

हात्ती निकै बुद्धिमान जनावर हो र तिनको दैनिकी अध्ययन गर्नेले रोचक तथ्यहरू थाहा पाएका छन्।

चीनमा लोपोन्मुख हात्तीको एउटा बथानले विश्वभरका वैज्ञानिकहरूलाई अचम्मित पारेको छ। मानिसहरू ती हात्तीको एउटा यात्राबाट चकित भएका छन्। 

हात्ती छोटो दूरी हिँड्नु अस्वाभाविक होइन तर हात्तीको एउटा बथान एक वर्षदेखि चीनभर हिँडिरहेको छ। 

अचम्मको यात्रा

ती हात्तीहरू आफ्नो वासस्थानबाट अहिलेसम्म ५०० किलोमिटर हिँडिसकेका सकेका छन्।  

गत वसन्त याममा दक्षिण पश्चिम चीनको म्यान्मार र लाओस सीमा नजिकैको सिसुआनबेना राष्ट्रिय निकुञ्जबाट ती हात्तीले यात्रा सुरु गरेको बताइन्छ। 

उनीहरू उत्तरतर्फ लागे र पछिल्ला केही महिनामा तिनले कयौँ गाउँबस्ती र सहर चहारिसकेका छन्।

उनीहरू घरहरूका ढोका तोडेका छन्, पसलहरू फुटाएका छन्, खानेकुराहरू 'चोरेका' छन्, माटोमा खेलेका छन्, नहरमा नुहाएका छन् र जङ्गलको बीचमा सुतेका छन्।  

युसी सहर नजिकैको एउटा सानो बस्तीमा अन्तिम पटक देखिएका उनीहरू फेरि दक्षिणतर्फ हिँड्न खोजेजस्तो देखिन्छ। 

प्रकाशित मिति: : 2021-06-25 14:30:00

प्रतिकृया दिनुहोस्