थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा हालसम्म ६ लाख ३५ हजार १८८ जना कोरोना सङ्क्रमित भएका छन्।

गत २४ घण्टामा कोरोना कारण ४२ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ५१ जना सङ्क्रमितको मृत्यु भइसकेको  छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना सङ्क्रमित निको भएका छन्। नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-28 16:41:00

प्रतिकृया दिनुहोस्