ठेक्का लागेको १० वर्षसम्म बनेन हुलाकी सडकको पुल, पैसा तिरेर डुंगाबाट नदी तर्छन् स्थानीय

हलाकी सडक अन्तर्गत भजनी नगरपालिकाको ३ र ५ नम्बर वडा जोड्ने कान्द्रा नदीमाथिको पुल १० वर्षसम्म पनि बनेको छैन।

पुलमा चारमध्ये दुई स्ल्याबको काम मात्र सकिएको छ। वर्षा लागेपछि फेरि निर्माणको काम रोकिएको छ।

चारओटा स्पान हुने एक सय मिटर लम्बाई भएको पुल निर्माणका लागि हुलाकी सडक आयोजनाबाट २०६८ सालको जेठमा ठेक्का सम्झौता भएको थियो।

लामा, साल्पा शेर्पा र विरूवा जेभीसँग संयुक्त रुपमा सम्झौता भएको पुल ठकेदारको लापबाही, डिजाइनमा बिलम्ब र ठाउँ फेर्नु परेकोले ढिलो भएको हो।

२०६८ मा उक्त पुल बनाउन तीस महिनाको समयावधि दिइएको थियो। तर, पुल बन्ने स्थान नै फेर्नु परेकाले काम भएन।

‘पहिला अहिले काठको पुल भएको ठाउँमा डिजाइन भएको थियो। पछि हुलाकी सडकको सर्वेले सोझै जाने भनेपछि पुल अलि तल सार्नुपर्‍यो। फाउन्डेसन नै फेर्नुपरेपछि समय लाग्यो,’ हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले भने।

उनका अनुसार फाउन्डेसन फेर्न सुरूदेखि प्रक्रियामा जानुपर्‍यो। त्यसमा साढे तीन वर्ष गयो।

प्रकाशित मिति: : 2021-06-29 16:52:00

प्रतिकृया दिनुहोस्