थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३४८ जना निको

पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ६३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पिसिआर र एन्टिजेन बिधिबाट ११ हजार ७४८ जनाको परीक्षण गर्दा २ हजार ६३६ जनामा सङक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा हालसम्म ६ लाख ३६ हजार ९१६ जना कोरोना सङ्क्रमित भएका छन्।

यसैगरी गत २४ घण्टामा कोरोना कारण २० जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ७१ जना सङ्क्रमितको मृत्यु भइसकेको  छ।

यसैगरी पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ३४८ जना सङ्क्रमित निको भएका छन्। नेपालमा हालसम्म ५ लाख ९२ हजार ५३५ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-29 17:00:00

प्रतिकृया दिनुहोस्