प्रहरीले पर्साबाट ४० किलो अवैध लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
प्रहरीले पटेर्वासुगौली गाँउपालिका २ बाट मकवानपुरका बिरबहादुर प्रजा र सोमलाल प्रजालाई ४० किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो।
गाँजासहित पक्राउ परेका दुबैजनालाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।