कोरोना अपडेट : २८९२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु 

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो समय ११ हजार ५ सय ६८ परीक्षणबाट २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आज ३ हजार ५९७ जना कोरोना मुक्त भएका छन्। साथै सोही अबधिमा कोरोनाबाट ४१ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ९ हजार ११२ जनाको ज्यान गएको मन्त्रायले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-06-30 16:39:00

प्रतिकृया दिनुहोस्