थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ नमुना परीक्षण गर्दा २ हजार ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार १७ छ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ३६८ रहेको छ। अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ९ हजार १४५ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2021-07-01 16:30:00

प्रतिकृया दिनुहोस्