हाम्रा सांसद विभाजन गर्न पैसाको खोलो बगाइयो, अब धेरै साथीहरू घर फर्किन्छन्: उपेन्द्र यादव (भिडिओ)

'८२ वर्षको उमेरमा महन्थजीले किन किर्ते काम गरेको होला'

सेतोपाटी

काठमाडाैं

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरको राजनीतिक धरातल सकिएला भन्ने चिन्ता आफूलाई रहेको बताएका छन्। यादवले ठाकुर पक्षले किर्ते र जालासाजी काम गरेको आरोप लगाए।

'जुन डकुमेन्ट बाहिर आएको छ। त्यसमा एउटा काटेर अर्को पेष्ट गरेको प्रष्ट देखिन्छ। हामीले महन्थजीलाई अधिकार दिएको छैन। त्यो किर्ते गरेको हो,' उनले भने,'ठाकुरजीले ८२ वर्षको उमेरमा किन किर्ते गरेको होला। उहाँको राजनीतिक धरातल यति खुस्किसक्यो?, नैतिकताको आधार यति तल  पुगिसक्यो?'

उनले ठाकुरलाई पार्टीले कुनै अधिकार नदिएको समेत दाबी गरे। जसपा विवाद उत्कर्षमा पुगेका बेला ठाकुरले आफूलाई जसपाको प्रथम अध्यक्षको हैसियतमा काम गर्न दिएको भन्ने डकुमेन्ट निर्वाचन आयोगमा बुझाएका थिए।

ठाकुर पक्षसँग कुनै विचार नभएको भन्दै उनले सहमतिकै आधारमा छुट्टिने कि भनेर सामान्य छलफलसमेत चलेको उनले बताए।

'हाम्रा केही साथीहरूले पार्टीमा विचार नमिलेपछि हिलो छ्यापाछ्याप गर्नभन्दा सहमतिमै छुट्टिने कि भनेर कुरा गर्नुभएको हो। हामी समाजवादी लोकतन्त्रसँग मान्छौं। उहाँहरूलाई समाजवाद के हो यसको लक्ष्य केहो भन्ने नै थाहा छैन,' उनले भने,'उहाँहरूले जस्तो मधेसी पहाडीमात्रै नारा लगाएर न मधेसी जनताको मुक्ति हुन्छ न त देशको हित हुन्छ, न राष्ट्र निर्माणको कार्य पूरा हुन्छ। यो कुरा बुझ्न उहाँहरूलाई धेरै समय लाग्छ।'

प्रकाशित मिति: : 2021-07-02 10:15:00

प्रतिकृया दिनुहोस्