मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग

FIle photo
FIle photo

गोर्खा फाउन्डेशन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ। 

गोर्खा फाउण्डेशन युके र नेपालको संयुक्त सहयोगमा रु छ लाख बराबरको असिक्जन सिलिण्डरसहित स्वास्थ्य सुरक्षणका सामग्री हस्तान्तरण गरिएको हो।

फाउन्डेशनका अध्यक्ष नगेन्द्र गुरुङले मेचीनगरका प्रमुख विमल आचार्यलाई सो सामग्री हस्तान्तरण गरेका छन्। मेचीनगरमा विभिन्न दातृ निकायले दिएको र नगर आफैँले खरीद गरेको असिक्जन सिलिण्डरको सङ्ख्या ९० बढी भएको नगरप्रमुख आचार्यले बताए। 

उनले नगरभित्र रहेका अस्पताल र स्वास्थ्य चौकीलाई आवश्यकताअनुसार आज प्राप्त भएका अक्सिजन सिलिण्डर वितरण गरिने बताए। रासस 

प्रकाशित मिति: : 2021-07-02 13:50:00

प्रतिकृया दिनुहोस्