बजारमा नक्कली उत्पादनको बिगबिगी : कानून कमजोर छ, अनुगमन हुँदैन

अनलाइनखबर

काठमाडौँ

नविन ढुंगाना

 धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले ‘१७ जेठ २०७८ मा बजार अनुगमन गर्दा भेटिएको विकृति’ भन्दै एउटा फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरे ।

‘आज एउटै पसलमा यी ब्रान्ड देखिए । म त छक्क ! तपाईं के भन्नुहुन्छ ?’ चिसो पेय पदार्थहरू भुइँमा थुपारिएको फोटोमा क्याप्सन लेख्दै उपाध्यायले धादिङ सल्यानटारको बजारमा ती वस्तु भेटिएको उल्लेख गरेका छन् ।

झट्ट हेर्दा उपाध्यायको फोटोमा कोक, फेन्टा, माउन्टेन ड्यु, फ्रुटी, मिरिन्डा देख्न सकिन्छ । १७ जेठको उक्त फेसबुक पोस्टलाई थप स्पष्ट पार्दै सहायक प्रजिअ उपाध्यायले १८ जेठमा फेसबुकमै अर्को स्टाटस लेखे ।

उनले लेखेका छन्, ‘यसअघि कहिल्यै नदेखेका पेय पदार्थ सल्यानटारमा मैले भेटें । बहुराष्ट्रिय कम्पनीका ब्रान्डसँग मिल्दोजुल्दो नाम मात्रै हैन, रङ, डिजाइन, लेबल समेत झुक्किने गरी उत्पादन गरिएका पेय पदार्थहरू, त्यो पनि गाउँगाउँमा देख्दा छक्कै परें ।’

प्रकाशित मिति: : 2021-07-02 15:43:00

प्रतिकृया दिनुहोस्