तनहुँमा खोलाले बगाउदा एक जना बेपत्ता भएका छन्। ब्यास नगरपालिका ९ माझफाटका ८० वर्षीय नर बहादुर बिष्टलाई खोलाले बगाएको हो।
घर नजिकै रहेको कलेष्टी खोला तर्ने क्रममा पानीले बगाई बेपत्ता भएको प्रहरी बताएको छ।
सो स्थानमा प्रहरी टोली खटिएर खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।