२२९९ जना कोरोना संक्रमित थपिए, ३४ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जना गरी २ हजार २९९ संक्रमण पुष्टि भएको हो।

सोही अबधिमा देशभर ३४ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म नौ हजार हजार १७९ जना सङ्क्रमितको मृत्यु भएको छ।

त्यस्तै सोही अबधिमा देशभर ३ हजार ४५१ जना उपचारपछि निको भइ घर फर्किएका छन्। हालसम्म ६ लाख ३ हजार ६०० जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-07-02 16:41:00

प्रतिकृया दिनुहोस्