अन्तिम अमेरिकी तथा नेटो सैनिकहरू महत्त्वपूर्ण अफगान अखडाबाट बाहिरिए

बिबिसी

काठमाडौं

अफगानिस्तानको बाग्राम हवाई अखडाबाट अमेरिका र नेटोका अन्तिम सैनिकहरू बाहिरिएका छन्।

उक्त सैन्य अखडा उग्रवादीहरू विरुद्धको झण्डै २० वर्ष लामो युद्धको केन्द्र रहेको थियो।

त्यहाँबाट भएको यस्तो सैन्य फिर्तीको सङ्केत अब अफगानिस्तानबाट चाँडै नै सम्पूर्ण विदेशी सैन्य बाहिरिने समय नजिकै आएको भन्ने रहेको देखिन्छ।

राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा सबै अमेरिकी सैन्य त्यहाँबाट बाहिरिसक्ने बताएका छन्।

तर काबुलको उत्तरमा अवस्थित उक्त विशाल सैनिक अखडाबाट खाली गरिँदा अफगानिस्तानको मुख्य उग्रवादी समूह तालिबानले देशका विभिन्न भागमा कब्जा गर्दै गइरहेको छ।  

११ सेप्टेम्बरको समयसीमा अमेरिकामा सन् २००१ मा भएको भएको हमलाको वार्षिकी हो जुन घटनामा झण्डै तीन हजार जनाको ज्यान गएको थियो।

प्रकाशित मिति: : 2021-07-02 18:10:00

प्रतिकृया दिनुहोस्