श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Symbolic photo
Symbolic photo

प्रहरीले श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन्। उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेका अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ । 

हत्यापछि फरार अम्बिकालाई प्रहरीले आज बिहान  घर नजिकैको खाली ग्वालीमा बसिरहेका अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-07-03 21:30:00

प्रतिकृया दिनुहोस्