पत्रकारको क्षमता बढाउन नेता योगेशद्वारा आर्थिक सहयोग

Nagarik Network
Nagarik Network

नेकपा (एमाले) पार्टीका नेता योगेशकुमार भट्टराईले पत्रकारको क्षमता विकास गर्न एक लाख दिएका छन्। 

नेपाल पत्रकार महसङ्घ ताप्लेजुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागिता जनाउदै उनले रकम दिएका हुन्। जिल्लामा पत्रकारको क्षमता विकास गर्नका लागि आर्थिक सहयोग गरेको उनको भनाइ छ। 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतमका अनुसार जिल्लाका पत्रकारको क्षमता वृद्धि गर्न उक्त रकम खर्च गरिनेछ। 

प्रकाशित मिति: : 2021-07-04 13:15:00

प्रतिकृया दिनुहोस्