बैतडीमा जीप दुर्घटना : तीनको मृत्यु, ११ जना घाइते

सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  भने ११ जना घाइते भएका छन्।

मृत्यु हुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही बर्षका मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामी रहेका छन्। उनीहरु तीनै जनाको घटनास्थमै मृत्यु भएको जनाइएको छ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उनका अनुसार घाइतेहुनेहरुमा  सिगास– ३ का २९ वर्षीय करनसिंह धाँमी, ४५ वर्षीय दलवीर साउँद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

जीपका  चालक १९ वर्षीय खगेन्द्र साउँद र जीप धनि ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ। सोह्र जना सवार जीप सडकबाट करीब ५० मिटर तल खसेको र  दुर्घटनाका कारण खुल्न नसकेको छ प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: : 2021-07-04 15:42:00

प्रतिकृया दिनुहोस्