महेश बाबुकाे पारिश्रमिक ५५ करोड भारु

दक्षिण भारतीय अभिनेता महेश बाबुले काम गर्न लागेको नयाँ चलचित्रको लागि ५५ करोड भारु पारिश्रमिक लिने भएका छन्।

त्यसो त महेश दक्षिण भारतीय अभिनेताहरुमा सर्वाधिक पारिश्रमिक लिने अभिनेता पनि हुन्। हाल उनी 'सरकारु वारी पाटा' चलचित्रको काममा व्यस्त छन्।

यो चलचित्रको छायांकल सकिएलगतै उनले निर्देशक त्रिविक्रम निवासको नयाँ चलचित्र 'पार्थु' मा काम गर्दैछन्।

उनले निर्देशक त्रिविक्रमसँग तेस्रो पटक सहकार्य गर्न लागेका हुन्। चलचित्रमा महेशसँगै अभिनेत्री पूजा हेग्डे पनि मुख्य भूमिकामा देखिनेछिन्। 
 

प्रकाशित मिति: : 2021-07-05 06:14:00

प्रतिकृया दिनुहोस्