कामविहीन सम्पर्क कार्यालय– २ वर्षमा २ पटक मात्र पुगे मुख्यमन्त्री, भवनमा लेउ र माकुराको जालो !

लोकान्तर

काठमाडौँ

उत्तम पोखरेल 

प्रदेशको राजधानी माग्दै धनकुटावासीले आन्दोलन गरेपछि मुख्यमन्त्री शेरधन राईले ललिपप देखाए– मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने भनेर ।

भूगोलका आधारमा पनि प्रदेशको राजधानी धनकुटा राख्नु उपयुक्त हुने स्थानीय जनताको मागलाई सम्मान गर्दै मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने बताइयो ।

सम्पर्क कार्यालय खोल्नेसम्बन्धी निर्णय २०७६ वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समेत गरेको थियो । तर उक्त कार्यालय अहिले लगभग कामविहीन छ ।

आफैंले खोलेको सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई दुईपटक मात्रै पुगेका छन् । कार्यालय खुलेको दुई वर्ष बितिसकेको छ । ‘मुख्यमन्त्रीज्यू दुईपटक मात्रै यहाँ आइपुग्नुभएको छ,’ सम्पर्क कार्यालयका कर्मचारी केशव कोइरालाले भने, ‘सचिवज्यूहरू भने महिनामा एकपटक आइपुग्नुहुन्छ ।’

धनकुटास्थित तत्कालीन क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयका रूपमा रूपान्तरण गरिएको छ ।

प्रकाशित मिति: : 2021-07-05 12:31:00

प्रतिकृया दिनुहोस्