सिलिचोङमा पहिरोबाट एक घरमा क्षति

बिएल संवाददाता

किमाथाङ्का

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ। 

गएराति अविरल वर्षासँगै आएको पहिराले एक घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार घाइते भएका वडाध्यक्ष अलक्षकुमार राईले बताए। 

आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले माथिल्लो तेन्छोङका उनको घर पूर्णरुपमा क्षति भएको छ। घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनको टाउको र अनुहारमा चोट लागेको छ। 

पहिरोबाट उनको श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले जानकारी दिए। त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। रासस 

प्रकाशित मिति: : 2021-07-05 13:30:00

प्रतिकृया दिनुहोस्