माथिल्लो तामाकोशी जलविद्युतकाे उद्घाटन गर्दै प्रधानमन्त्री ओली (LIVE)

राष्ट्रिय गौरवको आयोजना मानिएको माथिल्लो तामाकोशी जलविद्युतकाे प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका छन्। 

उद्घाटनसँगै आज बिजुली उत्पादन गरेर परिक्षण गर्न लागिएकाे छ। 

माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन्।

कूल ४५६ मेगावाट क्षमताको यो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।

असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ। भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए।

प्रकाशित मिति: : 2021-07-05 17:41:00

प्रतिकृया दिनुहोस्