४५ लाख ठगेकाे आराेपमा निर्देशक तथा कलाकार शिशिर राणा पक्राउ

निर्देशक तथा कलाकार शिशिर राणा ठगीको आरोपमा पक्राउ परेका छन्।

उनी करिब ४५ लाख ठगी गरेको आरोपमा बिजुलीबजारबाट प्रकाउ गरेका हुन्।

उनले नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँको चेक काटेको तर उक्त चेकमा पर्याप्त रकम नभएको पीडितले जाहेरी दिएका थिए।

२०७६ सालमा उनले घर व्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्नको लागि भन्दै पैसा सापटी लिएको बताइएको छ।

उनलाई पक्राउ गरेलगत्तै ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ।

प्रकाशित मिति: : 2021-07-06 08:09:00

प्रतिकृया दिनुहोस्