बाघको छालासहित 'चाइनिज गिराेह' पक्राउ

बाघ र अन्य दुर्लभ वन्यजन्तुकाे छालासहित चार चिनीयाँ नागरिक पक्राउ परेका छन्।

दुर्लभ वन्यजन्तुको छालासहित अवैध कारोबार गरी जुवातास तथा सट्टाबाजी खेलिरहेकाे अवस्थामा उनीहरूलाई साेमबार प्रहरीले ठमेलकाे एक हाेटलबाट पक्राउ गरेकाे हाे।

उनीहरूकाे साथबाट बाघको दाँत, कस्तुरीको बिना, जुवा खेल्ने मेसिन, रुद्राक्ष, मोबाइल सेट र केही नगदसमेत बरामद गरेकाे काठमाडाैं प्रहरी प्रमुख एसएसपी अशाेक सिंहल जानकारी दिए।

नेपाली नगद आठ लाख ८९ हजार रुपैयाँ, फलामको धारिलो खुकुरी, तरबारलगायत जुवातास खेल्न प्रयोग गरिएका विद्युतीय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुने चाईनिज भाषा माजुङ बताउने पलाष्टिकको गोटी ४१० थान,  गाईको छाला जस्तो देखिने १ थान, कस्तुरीको बिना जस्तो देखिने २० थान, बुद्धचित्त ९०० थान, विभिन्न चाईनिज बैंकहरुका एटीएम कार्ड ३५ थान बरामद गरीएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2021-07-06 14:51:00

प्रतिकृया दिनुहोस्