बन्न नपाईं किन भत्किन्छन् पक्की पुल ? एकै वर्ष राज्यलाई साढे ६४ करोड अतिरिक्त भार !

लोकान्तर

काठमाडौँ
परिवर्तन देवकोटा

 

गत बिहीवार (असार १७ गते) हुलाकी राजमार्गअन्तर्गत कमला नदीको पुल भासियो । 

सामान्य वर्षा हुँदा पनि सो पुल भासिएपछि यसमा धेरैको ध्यान गयो । 

धनुषा र सिराहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा निर्माणाधीन पुलको पिलर सामान्य बाढीमा नै भासिएको हो । 

२०६८ सालमा शिलान्यास गरिएको सो पुल निर्माण सम्पन्न गरेर यसै महिना हस्तान्तरण गर्ने तयारी थियो । 

तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री उमाशंकर अरगरियाले सो पुलको निरीक्षण गर्दै यसै महिना पुल उद्घाटन गर्ने बताएका थिए । 

उनको दावी थियो, ‘निर्माणमा संलग्न कम्पनीले गुणस्तरीय काम गरेको छ ।’

तर सामान्य बाढीमा नै पुलको पिलर भासिएपछि धेरैले पुल निर्माणका क्रममा कमजोरी भएको लख काटेका छन् । 

स्थानीयहरूले त पुल निर्माणमा गम्भीर त्रुटि भएको बताएका छन् । 

प्रकाशित मिति: : 2021-07-06 22:34:00

प्रतिकृया दिनुहोस्