न्यायपालिकाको क्रियाशीलताका सुखद पाटा

हिमाल खबर

काठमाडौँ

श्यामप्रसाद मैनाली  

स्वेच्छाचारी सरकार, कमजोर प्रतिपक्ष, संवेदनशील विषयमा गम्भीर नबनी सरकारको सिफारिशलाई तत्क्षण स्वीकृति दिने राष्ट्राध्यक्ष, दलीय कित्तामा विभाजित नागरिक समाज, व्यक्तिवादमा रमाएको मिडिया, निष्प्रभावी कर्मचारीतन्त्र, राजनीतिकरणबाट प्रभावित प्रहरी प्रशासन र अवसरवादी समाजका कारण देशका हरेक क्षेत्रमा विसंगति व्याप्त छ। समाजको नजरमा भ्रष्टाचारी सम्मानित छ। हरेक पेशा र क्षेत्र दलीय कित्तामा विभाजित देखिन्छन्।

देशमा विकास र रोजगारी सिर्जनाका गतिविधि उत्तिकै निराशाजनक छन्। दक्ष जनशक्तिलाई देशभित्रै राख्ने वातावरण बन्न नसक्दा पलायनको सिलसिला बढी नै रहनेछ। लामो राजनीतिक अस्थिरतापछि झन्डै दुईतिहाइ बहुमतको सरकारले समृद्धिको वाचा गर्दै आश जगाए पनि त्यो बेलुन झैं फुटेको छ।

राजनीतिक अस्थिरताले निराश भएका हामीलाई कस्तो कल्पना गर्ने अवस्थामा पुर्‍याएको छ भने, मानौं कोही व्यक्ति आएर जादुको छडीले छोए झैं सबै सुधार भइहाल्नेछ। प्रवृत्तिमा सुधारको खोजी हुन सकेको छैन, सुधार हुने छनक समेत देखिएको छैन। राजनीतिक पात्रहरूमा भएको कमजोरीका कारण सिङ्गो पद्धति र व्यवस्थालाई नै दोष दिने मनस्थिति विकसित हुन थालेको छ। 
 

प्रकाशित मिति: : 2021-07-07 10:35:00

प्रतिकृया दिनुहोस्