सरकारले तोकेको प्रयोगशालाको पिसिआर देखाउँदा पनि विमानस्थलबाटै फर्काइए कुमाल

सेतोपाटी

काठमाडौँ

निर्मला घिमिरे

नवलपरासीका बाबुराम कुमालले स्वास्थ्य मन्त्रालयले जारी गरेको एक सूचना पढेका थिए- विदेश जानेको हकमा सरकारी पिसिआर प्रयोगशाला र न्यूनतम सय बेड क्षमता भएका अस्पतालमा आधारित 'ए' वर्गका निजी प्रयोगशालामा कोभिड–१९ पिसिआर परीक्षण गर्न सकिने।

यो सूचना पढेपछि दक्षिण कोरिया रोजगारीमा जाने तयारीमा रहेका उनले कीर्तिपुरस्थित टियु बायोटेक कोरोना प्रयोगशालामा पिसिआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो।

बाबुरामको कोरिया जाने टिकट सोमबारको थियो। पिसिआर रिपोर्ट लिएर उनी त्रिभुवन विमानस्थल पुगे। विमानस्थलले उनको रिपोर्ट हेरेर भित्र पठायो। उनले बोर्डिङ पास भने पाएनन्। कतार एयरलाइन्समार्फत कोरिया जान लागेका उनलाई नेपालका लागि कोरियाली राजदूतावासले मान्यता दिएका चार ल्याबबाट पिसिआर गराए मात्रै प्रवेश पाइने भन्दै फर्काइयो। 

प्रकाशित मिति: : 2021-07-07 17:10:00

प्रतिकृया दिनुहोस्