हाइटीका राष्ट्रपति जाभोनेल मोइसेकाे हत्या

Photo : Reuters
Photo : Reuters

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको गाेली हानी हत्या गरिएकाे छ। 

हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेपले दिएकाे जानकारी अनुसार स्थानीय समय अनुसार मंगलबार राति करिव १ बजे  राष्ट्रपति निवासमै गाेली लागेर मोइसेको हत्या भएको हो।

हत्या गर्ने काे हाे भन्नेबारे केही खुलेकाे छैन तर हत्याराहरू स्पेनिस भाषा सजिलै बाेल्नसक्ने हाइटी सरकारले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नीलाई पनि गोली लागेको छ। प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन्।

मोइसे सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए। उनीमाथि भ्रष्टाचारका आरोप लागेको थियो। 

यस वर्षको सुरुआतमा हाइटीको राजधानी र अन्य सहरमा उनकाे राजीनामा माग गर्दै ठूलो आन्दोलन भएको थियो। गत फेब्रुअरी ७ मा राष्ट्रपतिको कार्यकाल सकिनुपर्ने विपक्षीहरुको तर्क थियो। मोइसेले भने आफूले एक वर्ष काम गर्न नपाएको भन्दै थप एक वर्षको कार्यकाल चाहिने अडान लिँदै आएका थिए ।

प्रकाशित मिति: : 2021-07-07 17:39:00

प्रतिकृया दिनुहोस्