सर्प समात्ने बाबुछोरी

सेतोपाटी

काठमाडौँ

चितवनका यमलाल भण्डारीले सर्प समात्न थालेको करिब पाँच वर्ष भयो।

४४ वर्षीय यमलालका तीन छोरी छन्। दुई वर्षयता बाबुसँगै पाइला मिलाइरहेकी छन् उनकी ठूली छोरी खुश्बु। बुवाको काम देखिरहेकाले खुश्बुलाई सर्पको संसारबारे चासो बढेको हो। 

अहिले १८ वर्षकी उनी 'सर्प उद्धारको काम गर्छु' भन्दा जम्मा १६ वर्षकी थिइन्। उमेरको कुरा एक ठाउँमा थियो, यमलालले अर्को पनि कारण देखाउँदै उनलाई हप्काउन थाले, 'कहाँ छोरीहरूले सर्प समात्ने? हुँदैन। यो त निकै गाह्रो र जोखिमपूर्ण काम हो।'

खुश्बुले प्रतिकार गरिन्, 'किन नहुने छोरीहरूले?'

छोरीको प्रश्नले यमलाल नाजवाफ भए। उनैले त 'छोरीहरूले गर्न नसक्ने केही छैन, आफूलाई कहिल्यै कम नआँक्नु' भन्दै आफ्ना तीन छोरी हुर्काएका थिए। 

प्रकाशित मिति: : 2021-07-09 09:10:00

प्रतिकृया दिनुहोस्