मेलम्ची, याङ्ग्री र लार्केको पानी पिउने काठमाडौंको सपना– अब कहिले होला पूरा?

सेतोपाटी

काठमाडाैं

अविरल वर्षाले असार १ गते मेलम्चीको सिरान क्षेत्रमा पर्ने भेमथाङमा पहिरो गयो। त्यसपछि आएका विनाशकारी बाढीका तस्बिर तथा भिडिओ हाम्रा मोबाइल स्क्रिन र समाचारहरूमा छाइरहेकै छन्।

बर्खा अझै बाँकी रहेकाले मेलम्ची र तल्लो तटीय क्षेत्रमा बस्नेहरूको त्रास हटिसकेको छैन। लाङटाङका हिमाली चुचुरादेखि दक्षिणतिर बसेको हेलम्बुका गाउँ-बस्तीमा भेमथाङको जस्तै अर्को पहिरो जाला कि भन्ने त्रास जीवितै छ।

त्यस्तै त्रास मेलम्चीभन्दा पूर्वबाट बग्ने याङ्ग्री र लार्के नदी किनारमा पनि व्याप्त छ। ती नदी इन्द्रवतीमा मिसिन्छन्।

इन्द्रावतीदेखि अझै पारि पर्ने पाँचपोखरी थाङपाल गाउँपालिका-३ का अध्यक्ष निमाछिरिङ तामाङका अनुसार असार १ गते याङ्ग्री र लार्केमा पनि भीषण बाढी आएका थिए। यसले याङ्ग्री गाउँका ७ घरसँगै एक नवनिर्मित विद्यालय भवन पनि क्षतिग्रस्त भए।

'कम्तीमा एक जनाको मृत्यु भयो भने अहिले ४०-५० घरधुरी रहेको याङ्ग्री गाउँलाई नै सार्नुपर्ने अवस्था छ,' तामाङले भने, 'बिजुली र इन्टरनेट नभएर गाउँ अन्धकारजस्तै हुन पुगेको छ। बाहिरी दुनियाँसँग सम्पर्क टुटेको छ। मोटर चल्ने पुल बगाएपछि घुमाउरो बाटो भएर गाउँ आउनुपर्ने अवस्था छ। याङ्ग्री गाउँवासीले अहिले ठूलो विपद् भोगिरहेका छन्।'

प्रकाशित मिति: : 2021-07-09 15:17:00

प्रतिकृया दिनुहोस्