थप २२३९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप २ हजार २३९ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा पुष्टि भएको हो।

सोही अबधिमा देशभर २० सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म ९ हजार हजार ३४० जना सङ्क्रमितको मृत्यु भएको छ।

त्यस्तै सोही अबधिमा देशभर १ हजार ३१६ जना उपचारपछि निको भइ घर फर्किएका छन्। हालसम्म ६ लाख १६ हजार ९२९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-09 16:42:00

प्रतिकृया दिनुहोस्