मकवानपुर जिल्ला अदालतबाट कैद र जरिवाना फैसला सुनाइएका एक जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरियामाईका ३९ वर्षीय सानुकान्छा लो रहेका छन्।
अदालतले उनीलाई विसं २०६७ मङ्सिर १३ मा वन पैदावार ओसारपसार मुद्दामा एक वर्ष कैद र रु ३४ हजार ४१९ जरिवानाको फैसला सुनाएको थियो।
यसपछि फरार रहेका लोलाई आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बाट आज पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। रासस