दलितलाई अपमान गर्नेहरू

सेतोपाटी

काठमाडाैं

महिला, दलितप्रति अपमानबारे आवाज उठिरहनु पर्छ।

दलितहरूप्रति गरिने अभद्र व्यवहारको साथै उनीहरूलाई जिस्काएर, होच्याएर बोल्ने नराम्रा चुटकिला सुनाउने हिम्मत सामान्यजनलाई किन आउँछ भने किनभने ‘दलित’हरूको लागि नेताहरू बोल्दैनन्।

नेपालमा ‘आफू भनेपछि डुमै राजा’, ‘राजाको काम छोडी कामीको देवाली’जस्ता अनेक दलितहरूलाई अपमान गर्ने उखान टुक्का छन्। भारतमा पनि त्यसै गरिन्छ।

भारतमा पहिलो दलित महिला मुख्यमन्त्री बनेकी मायावतीलाई निशाना बनाएर चुट्किलाहरू बनाइएका छन्। चार पटकसम्म उत्तर प्रदेशको मुख्यमन्त्री भइसकेकी उनी राष्ट्रियस्तरको बहुजन समाज पार्टीकी अध्यक्ष पनि हुन्। तर उनलाई अनेक तरिकाले अपमानित गर्न र त्ये अपमानमा हास्न ठूला जातकाहरू पछि पर्दैनन्।

केही हप्ताअघि भारतमा बलिउड अभिनेता रणदीप हुड्डाको एउटा भिडियो भाइरल भयो। भिडियोमा अभिनेताले अंग्रेजीमा चुट्किला सुनाएका छन्। यसमा मायावतीको अनुहारको खिल्ली पनि उडाइएको छ। 

सन् २०१२ मा बनेको यो भिडियो अहिले सामाजिक सञ्जालमा देखिएको छ। यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा रणदीपलाई पक्राउ गर्नुपर्छ भनेर कतिले आवाज पनि उठाएका छन्। रणदीप हुड्डा एक सफल कलाकार हुन र संयुक्त राष्ट्रसँग जोडिएको एक संस्थाका उनी ब्रान्ड एम्बेसेडर रहेछन्। तर, मायावतीलाई अपमान गरेको भाइरल भएपछि उनी ‘ब्राण्ड एम्बेसडर’ रहेनन्। तर यति सबै हुँदा पनि रणदीप हुड्डाले कुनै माफी मागेका छैनन् र वयान पनि दिएका छैनन्।

प्रकाशित मिति: : 2021-07-10 12:35:00

प्रतिकृया दिनुहोस्