के आमाबुवाका लागि इज्जतसम्म मात्रै सीमित हुन्छे र छोरी?

सेतोपाटी

काठमाडौँ

चेतना शर्मा

कतिपय मुस्लिम देशका महिलालाई आफ्नो नाम घरबाहिर अरूलाई बताउन अनुमति हुँदैन।  इस्लामिक देशहरूमा  महिलाको अस्तित्व  बुर्काभित्र जन्मिएर त्यहीभित्र बिलाउँछ, जसरी प्रकृतिका अवयवहरू स्वतः चलिरहन्छन्। 

नारीको  जन्म निम्नकोटीको हो भन्ने बरकतलाई व्यक्त गर्ने सजिलो माध्यम बनिरहेको यो कट्टरता उक्त समाजको  घिनलाग्दो ऐना हो। 

बाहिरबाट हेर्दा बुर्का लगाएका  तमाम मुस्लिम महिलाहरूको 'आउटलाइन' एउटै लाग्छ। 

यहाँसम्म कि  ती महिलाका पाइतलाका  गतिहरूमासमेत एकरूपता।  

बुर्काहरूका कथा सुन्दा र पढ्दा मनमा झिल्का बल्छ। लाग्छ हाम्रो समाजमा पनि  हामी महिलाहरू आफ्नो पहिचानहरूलाई बुर्कामै त छोपेर हिँडिरहेका छौं।   महिलाप्रति गरिने तामसी प्रवृत्तिहरू हाम्रो समाजमा यत्रतत्र सर्वत्र छरिएका छन्। जसलाई महिला हिंसाका नामले चिनिन्छ। जो पेचिलो छ र  अमिबाजस्तै लचिलो पनि छ। 

प्रकाशित मिति: : 2021-07-10 20:42:00

प्रतिकृया दिनुहोस्