आज (आइतबार) बिहान ५ः४५ बजे फुटबल प्रेमीहरुको लागि महत्वपुर्ण समय बन्दैछ। कारण- कोपा अमेरिका २०२१ को उपाधिका लागि अर्जेन्टिना र ब्राजिलको खेल।
ब्राजिल र अर्जेन्टिनाका प्रशंसकहरू लगभग बराबर छन्। त्यसाे त यी दुई टिम बलिया फुटबल क्लब पनि हुन्। ब्राजिलकाे हिराे नेइमार जेआरलाई मानिन्छ भने अर्जेन्टिनाकाे हिराे लिओनल मेस्सी मानिन्छन्।
याे यी दुई समूहले १४ वर्षपछि कोपा अमेरिकाकाे फाइनलमा भिड्दैछन्। यसले गर्दा पनि खेल राेचक हुने देखिएकाे छ।
सन् १९१४ यता फुटबलको इतिहास हेर्ने हो भने दुई टिमबीच विभिन्न १०५ खेल भएका छन्। जसमा ब्राजिलले ४१ खेल जितेको छ भने अर्जेन्टिनाले ३८ खेल जितेको छ। २६ खेल भने बराबरीमा सकिएका छन्।
अर्जेन्टिना र ब्राजिलबीच विश्वकपमा अहिलेसम्म चार खेल भएका छन् भने कोपा अमेरिकामा २९ खेल भएका छन्। ब्राजिलले पाँच पटक विश्वकप जितेको छ भने अर्जेन्टिनाले दुई पटक जितेको छ।
कोपा अमेरिकाको इतिहासलाई हेर्दा ब्राजिलले ९ पटक जित हात पारेको छ भने अर्जेन्टिनाले १४ पटक जितेको छ। अन्य खेल भने बराबरीमा सकिएका छन्।
यसरी समग्रमा हेर्दा दुई समूहबीचकाे जितलाई ठाेकुवा गर्न सकिदैन, सकस नै छ। कसले जित्छ, अनुमानसमेत गर्न नसकिने अवस्था छ।
कोपा अमेरिकाको समग्र इतिहासमा अर्जेन्टिना अघि छ भने विश्वकपको इतिहासमा भने ब्राजिल अघि छ।
फुटबलमा महत्वपुर्ण प्रतिद्वन्दी मानिएका यी दुई समूहमा कसले 'काेपा अमेरिका'काे उपाधि हात पार्ला ? यसबारे जान्न कुर्नुपर्नेछ।