पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले असार ३० गतेदेखि सवारी चलाउने भएको छ। सोमबार पत्रकार भेटघाट मार्फत कम्पनीले लामी दुरिका सवारी सञ्चालन गर्ने जानकारी दिएको छ।
लकडाउनले मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै व्यवसायी आफ्ना सवारी लिएर बाहिर निस्किने कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए। अब टिकेट बुकिङ खुला गरेर बस चलाउने उनले सुनाए।
अरु व्यवसाय खुली सक्दा पनि यातायात व्यवसायलाई सरकारले उपेक्षा गरेको व्यवसायीले बताएका छन्। नीजि गाडी चल्दा कोरोना नसर्ने सार्वजनिक गाडी खुल्दा कोरोना सर्ने वैज्ञानिक कारण देखाउन व्यवसायीको चुनैती छ।
यो कम्पनीमा १४ सय सवारी आबद्ध छन्। ७२ सय कर्मचारीले रोजगारी लिई रहेका छन्। महेन्द्रनगर, काँकड्भिट्टा लगायतका ठाउँमा कम्पनीको लामो दुरिका सवारी चल्ने गर्छन्।