जापान सरकारले नेपाललाई कोरोना भाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ। कोभ्याक्स कार्यक्रमअन्तर्गत जापानले एस्ट्राजेनिका खोप दिन लागेको हो।
एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने भनिएको डोजअन्तर्गत नेपाललाई उक्त मात्रामा उपलब्ध हुने जापान सरकारले जनाएको छ। जापानमा नै बनेको सो खोप एक महिनाभित्र नेपाल आइसक्ने बताइएको छ।