नेपाली भाषालाई मजबुद बनाउनुपर्छ : मुख्यमन्त्री नेपाली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नेपाली भाषालाई मजबुद बनाउनुपर्ने बताएका छन्। 

आदिकवि भानुभक्त आचार्यको योगदान सम्झदै उनले नेपाली भाषालाई अझ मजबुद बनाउनुपर्ने बताएका हुन्। 

आदिकविको दुई सय आठौँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गदैँ उनले भने, ‘भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय हो। भानुभक्तले लगाएको बलियो जगमा टेकेर नेपाली भाषाको श्रीवृद्धिमा लाग्न यस पावन अवसरमा म सम्पूर्ण विद्वानहरुलाई अनुरोध गर्दछु।’

भानुभक्त जन्मेको स्थललाई पुण्य भूमि बताउदैँ उनी भन्छन्, ‘साहित्यकारका लागि तनहुँ तीर्थस्थल हो। भानुभक्तको जन्मस्थललाई नेपाली भाषा, साहित्य र संस्कृति विकासको केन्द्रका रुपमा स्थापित गर्नु आवश्यक छ।’

पुण्य भूमिको समृद्धिका लागि र चुँदी रम्घालाई नेपाली भाषाको विकासको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न उनले प्रदेश सरकार सरोकारपक्ष सबैसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए।

पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाललाई आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको गौरवपूर्ण सन्दर्भलाई मुुख्यमन्त्री नेपालीले स्मरण गरे।

रामायण जस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पु¥याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवद्र्धनमा भानुले गरेको योगदान नेपाल र नेपालीको मानसपटलमा युगयुगसम्म रहने उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
 

प्रकाशित मिति: : 2021-07-13 15:37:00

प्रतिकृया दिनुहोस्