चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनासँग पाँच वर्षे नयाँ सम्झौता गर्ने भएका छन्।
मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भइसकेको तर लिखित सहमति हुन बाँकी रहेको बताइएको छ।
मेस्सीले आफ्नो फुटबल करिअर बार्सिलोनाबाटै सुरु गरेका थिए। मेस्सी अहिलेसम्म अरु कुनै क्लबबाट खेलेका छैनन्।
पछिल्लो समय मेस्सी कोपा अमेरिका खेल्न अर्जेन्टिना पुगेका थिए। उनले अर्जेन्टिनालाई उपाधिसमेत दिलाएका थिए।
क्लबका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सी बार्सिलोनामै रहेन जानकारी दिएका छन्। बार्सिलोनाबाटै विभिन्न कीर्तिमानी कायम गरेका मेस्सीले अहिलेसम्म ७ सय ९४ खेल खेलिसकेका छन्।