मोटरसाइकल दुर्घटनामा वडासदस्यको निधन

Symbolic photo
Symbolic photo

मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृत्यु भएको छ। बुधबार साँझ दुर्घटनामा परेका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो।

इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा परेका हुन्। आफैँले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उनको टाउकोमा चोट देखिएको थियो।

सख्त घाइते भएका राईलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पु-याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए। शव हाल बिएण्डसी अस्पतालको शवगृहमा राखिएको बताइएको छ। 

प्रकाशित मिति: : 2021-07-15 11:32:00

प्रतिकृया दिनुहोस्