भीमदत्त नगरपालिका–१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ। आपसी विवादमा भाञ्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो।
कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए।