मानवाधिकार उल्लङ्घनका घटना घटे

सन् २०२१ जनवरीदेखि जुनसम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन्। 

सन् २०२० को सोही समयमा भएका घटनाभन्दा अहिले कम भएका हुन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार यस छ महिनामा महिला बलात्कारका घटना छ, बालिका बलात्कारका १३, महिला बलात्कार प्रयास दुई र बालिका बलात्कार प्रयास तीनवटा घटना भएका छन्। 

यस्तै बाल यौन दुरुपयोगका घटना १०, बालिका बेचबिखन एउटा, बहुविवाह तीन तथा बालविवाह एउटा भएका छन्।

आत्महत्या दुरुपयोगको एउटा, बालिका अपहरण एउटा र हत्या एउटा भएको इन्सेकले आज यहाँ अर्धवार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरेको हो।

इन्सेक चिवतनका प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार सन् २०२० को यही समयमा महिला कलात्कारका घटना नौ, बालिका बलात्कारका घटना १६, महिला बलात्कार प्रयासका घटना छ बालिका बलात्कारको प्रयासका घटना चार भएका थिए। 

यस्तै महिला हत्या चार, पुरुष हत्या पाँच, बाल यौन दुव्र्यवहार चार, बहुविवाह चार भएका छन्। आत्महत्या दुरुत्साहन दुई, मानव वेचबिखनका दुई, बम बिस्फोटका एउटा, हातहतियार एउटा र राज्यविरुद्ध अपराधका घटना दुई छन्।

अधिकारीका अनुसार जिल्लामा मानवाधिकारका घटना कम भए पनि रोक्न सकिएको छैन। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले हामीले चाहेको समाज अझै नबनेको बताए। अहिलेको समाज कता गइरहेको छ भन्ने विषयमा संवेदनशील भएर अघि वढ्नुपर्ने समय आएको उनले बताए। 

प्रकाशित मिति: : 2021-07-15 22:00:00

प्रतिकृया दिनुहोस्