आजदेखि मोबाइल खरिदमा ‘आईएमईआई’ दर्ता अनिवार्य

File Photo
File Photo

आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल खरिदमा  ‘आईएमईआई’ दर्ता अनिवार्य गरेको छ।

राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागु गरिएको प्राधिकरणले जनाएकाे छ। 

 मोबाइलको आईएमईआई दर्ता गर्नु पर्ने नियम पहिलादेखि नै रहे पनि आजदेखि कडाइसाथ लागु  गर्न लागिएकाे प्राधिकरणका  प्रवक्ता सन्तोष पौडेलले बताएका छन्। 

उनका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा दर्ता गरेपछि मात्रै सञ्चालनमा आउनेछ।

हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागु नभए पनि आजदेखि सञ्चालनमा आएका मोबाइलमा भने यो नियम कडाइका साथ लागु हुनेछ।

प्रकाशित मिति: : 2021-07-16 08:28:00

प्रतिकृया दिनुहोस्