पोखरा महानगरका मेयरलाई हृदयघात, स्वास्थ्यमा समस्या

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीको स्वास्थ्यमा समस्या देखिएको छ।

अचानक बिरामी भएपछि मेयर जीसीलाई उपचारको लागि पोखरास्थित मणिपाल अस्पतालमा लगिएको थियो।

हृदयघातका कारण नशामा समस्या देखिए पनि उनी खतरामुक्त छन्। अहिले थप उपचारको लागि काठमाडौं लैजाने तयारी हुँदै छ।

स्वास्थ्यकर्मीका अनुसार सामान्य बोलचालसमेत गर्न सक्ने भए पनि ह्रदयाघातका कारण एक नशामा समस्या भएकाले शरीरको दाँया भागमा असर परेको र थप उपचारका लागि काठमाडौ लैजाने तयारी भएको हो।

मेयर जीसीका प्रेस सहयोगी माधव बरालका अनुसार पोखरा मणिपाल हस्पिटलबाट थप उपचारको लागि आजै काठमाडौं ग्राण्डी हस्पिटल लगिनेछ।

प्रकाशित मिति: : 2021-07-16 09:07:00

प्रतिकृया दिनुहोस्