आजबाट सरकारी कर्मचारीको तलब बढेको छ।
अब कर्मचारीले साउनदेखिकाे तलबमा २ हजार रुपैयाँ बढी पाउनेछन्।
यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै केपी शर्मा ओली नेतृत्वको सरकारले तलबमा २ हजार रुपैयाँले बढाइदिएको थियो।
आजबाट सामाजिक सुरक्षा भत्ता पनि बढेको छ। अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्।