भुइँचालोपछि उभिएको 'टेका'

सेतोपाटी

काठमाडाैं

जुना श्रेष्ठ

भुइँचालोपछि सिन्धुपाल्चोकका महिलाहरूका लागि 'टेकाः गो लोकल’ आम्दानीको श्रोत बनेको छ। ढल्न लागेका घरमा टेकोले सहारा दिएजस्तै 'टेका'ले त्यहाँका महिलालाई सहायता दिएको हो। 

टेका अनलाइन व्यवसाय हो। यसमार्फत् मकैका खोस्टा र केराको फाइबरबाट बनेको चकटी, परालको गुन्द्री, कपडाको झोला, मास्क, लुगा, झुम्का, खेलौना, सजाउने लगायत सामग्री बिक्री हुन्छ। यी सामान सिन्धुपाल्चोकसँगै ललितपुर, चितवन, मकवानपुर र काठमाडौंका महिलाले बनाएका हुन्। 

'भूकम्पपछि सिन्धुपाल्चोकको गाउँ र त्यहाँका महिलालाई नजिकैबाट चिन्ने मौका पाएँ,' टेकाका सञ्चालक शैलजा कसजूले भनिन्। 

२०६८ सालमा शैलजाले केही साथीसँग मिलेर 'पावरफुल ह्यान्ड्स' नामक युवा समूह सञ्चालन गरेकी थिइन्। भूकम्पपछि यो समूहमार्फत उनीहरूले सिन्धुपाल्चोकमा राहत वितरण थाले। यो क्रममा शैलजा काठमाडौं-सिन्धुपाल्चोक आउजाउ गरिरहन्थिन्। एकदिन सिन्धुपाल्चोक सीमामा पर्ने वनदेउमा उनी चढेको गाडी चेकिङ हुन थाल्यो। सबैलाई सोधपुछ गरियो, विशेषगरी महिलाहरूसँग।

प्रकाशित मिति: : 2021-07-16 11:10:00

प्रतिकृया दिनुहोस्