बाँकेमा आइतबारदेखि भेरोसेल खोप शुरुग

बाँकेमा आइतबारदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ। सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ।

बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए।

स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइने जनाएको छ।

प्रकाशित मिति: : 2021-07-17 21:23:00

प्रतिकृया दिनुहोस्