मोदीले प्रधानमन्त्री देउवाप्रति देखाएको ‘बेरूखी’

पछिल्ला ५ नेपाली प्रधानमन्त्रीलाई नियुक्तिलगत्तै भारतीय समकक्षीको बधाई, यसपालि साता दिनसम्म मोदी मौन

सेतोपाटी

काठमाडौं

छिमेकी भारतमा नरेन्द्र मोदी २०७१ वैशाखदेखि प्रधानमन्त्री छन्। पाँच वर्षको पहिलो कार्यकाल सकेर अहिले मोदी दोस्रो कार्यकाल चलाइरहेका छन्।

यी सात वर्षमा नेपालमा भने पाँच पटक प्रधानमन्त्री फेरिइसकेका छन्। यीमध्ये नेपालमा नियुक्त भएका अघिल्ला चार प्रधानमन्त्रीलाई त्यही दिन वा अर्को दिन २४ घन्टाभित्रै भारतीय प्रधानमन्त्री मोदीले बधाई पठाएका थिए।

यी सात वर्षमा नेपालमा भने पाँच पटक प्रधानमन्त्री फेरिइसकेका छन्। यीमध्ये नेपालमा नियुक्त भएका अघिल्ला चार प्रधानमन्त्रीलाई त्यही दिन वा अर्को दिन २४ घन्टाभित्रै भारतीय प्रधानमन्त्री मोदीले बधाई पठाएका थिए।

नेपाल भारत सम्बन्ध चिसिएको बेला र व्यक्तिगत रूपमा नेपालका प्रधानमन्त्रीसँग भारतको सम्बन्ध बिग्रिएका बेला पनि नवनियुक्त नेपाली प्रधानमन्त्रीलाई समकक्षी भारतीय प्रधानमन्त्रीले तत्कालै बधाई दिने चलन थियो।

२०७४ को प्रतिनिधि सभा निर्वाचनपछि मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको गठबन्धनले बहुमत ल्याएको भन्दै बधाई दिएका थिए। २०७४ फागुन ३ गते संसदको झन्डै दुई तिहाइ बहुमतको समर्थनमा ओली दोस्रो पटक प्रधानमन्त्री चुनिए। त्यसको अर्को दिन फागुन ४ गते मोदीले फोन गरेर ओलीलाई बधाई दिए र भारत भ्रमणको निम्तो दिए।

त्यसअघि २०७४ जेठ २३ मा देउवा प्रधानमन्त्री नियुक्त हुँदा पनि मोदीले उनलाई तत्कालै फोनमा बधाई दिएका थिए। उनले ट्वीटरमार्फत् पनि देउवालाई बधाई भनेका थिए।

प्रकाशित मिति: : 2021-07-18 16:39:00

प्रतिकृया दिनुहोस्