डाक्टर कुटिएको विरोधमा मेची अस्पतालको ओपिडी सेवा बन्द 

फाइल तस्वीर
फाइल तस्वीर

डाक्टर कुटिएको विरोधमा आज मेची प्रादेशिक अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ।

कुटपिट गर्ने व्यक्तिलाई कारबाही गर्नु पर्ने माग गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आज ओपिडी सेवा बन्द गरेका हुन्। हिजो साँझ झापाको हल्दिबारीका पुष्पराज निरौलाले अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा केवल कपुरीलाई कुटपिट गरेका थिए।

अस्पतालका मेडिकल सुपेरिटेण्डेट डा टंक बाराकोटीले डाक्टरमाथि कुटपिट गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्नुपर्ने बताए। घटनापछि डाक्टर कपुरीले प्रहरीमा उजुरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी नयाँ ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।

प्रकाशित मिति: : 2021-07-19 13:19:00

प्रतिकृया दिनुहोस्